Posts

चाणक्य नीति

उत्सवे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसंकटे राजद्वारे श्मशाने च यस्तिष्ठति सः बान्धव । अनुवादः उत्सव, संकटकाल, अकाल शत्रु आक्रमण, राजद्वार एवं शमशानमा जो साथ रहन्छ त्यो नै सच्चा मित्र हो ।   विद्या ददाति विनयं विनयाद्याति पात्रताम्  ।  पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् ।। अनुवादः विद्याले विनय दिन्छ, विनयले क्षमता, क्षमताले धन र धनबाट सुख प्राप्त हुन्छ । अति रूपेण वै सीता चातिगर्वेण रावणः । अतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत् ।। अनुवादः अति सुन्दर भएकाले सीताको हरण भयो, अति घमण्डी भएकाले रावण मारियो, अति दानी भएकाले बलि छलिए, त्यसैले अति सबै तिर बर्जित छ। उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम् । मौने च कलहो नास्ति नास्ति जागरितो भयं ।। अनुवादः उद्योग गरेमा दरिद्रता रहँदैन, जप गर्नाले  पाप रँहदैन  । मौन रहे झगडा हुँदैन र जागा (सचेत) रहे कुनै भय हुँदैन ।।

सामाजिक सञ्जाल

सन् २००४ मा फेसबुक, २००५ मा युट्युव र २००६ मा ट्विटर स्थापना भए पछि सामाजिक सञ्‍जालको प्रयोग ह्वात्तै बढ्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । सुरुमा विदेशमा रहेका नेपालीहरु र त्यसपछि उनीहरूको सिको गर्दै स्वदेशमा बस्ने नेपालीहरुमा पनि सामाजिक सञ्जालहरूको प्रयोग बढ्दै गयो । हाल कुनै न कुनै रुपमा धेरै जसो नेपालीले सामाजिक सञ्‍जालको प्रयोग गर्दछन् । अहिले सामाजिक सञ्‍जालको प्रयोग यस्तो भइसक्यो कि बरू मानिस भोकै बस्‍न सक्छ तर सामाजिक सञ्‍जाल बिना बस्‍न सक्ने अवस्था छैन । यसले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ।  सामाजिक संजाल बाट जनताहरूले आफ्ना विचार मुखरित गर्न पाएका छन् । यसबाट देशविदेशमा रहेका साथीभाई आफन्तहरुसँग जोडिन र उनीहरुसँग कुराकानी गर्न पाएका छन् । त्यस्तै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रवाह गर्न साथै सूचनालाई एकैपटक धेरै मानिसहरू सम्म पुर्‍याउन सजिलो भएको छ।  तर सामाजिक सञ्‍जालमा प्रवाह गरिएका सूचनाहरू मध्ये नकारात्मक सूचना चाडो फैलिने, त्यसलाई नै मानिसहरूले चाडो विश्वाास गर्ने हुनाले यसबाट समाजलाई भड्काउने काम पनि भएको छ। जो मानिस सामा

Insert country flag inside google sheet's cell

Image
Google sheet is a web based application  which allow user to create, manage, modify and share data live online. It is similar to Microsoft excel. It can be used online and offline ( offline used only with Google chrome with limited functionality). Here i am going to explain how to insert country flag to Google sheet.  Open a google sheet  https://docs.google.com/spreadsheets  and log in with your Google account. Create data similar to the image below  Type formula '= IMAGE ( "https://www.countryflags.io/" & C2 & "/flat/64.png" )' on first cell of flag column. (where c2 is reference cell whose data is used as country code and then press enter) You will see flag's image inside cell. To display flags on all  cell drag the cell downwards.

स्टेफन हकिङ (Stephen Hawking)

Image
स्टेफन हकिङ नाम सुन्‍ने वित्तिकै सबैको मन मष्तिस्कमा एउटा ह्वील चियरमा बसेको, हात खुट्टा नचल्ने बोल्न पनि नसक्ने व्यक्तिको चित्र आइपुग्छ तर धेरैलाई थाहा नहुन सक्छ कि उनी यस समयका महान वैज्ञानिक साथै एउटा दार्शनिक पनि हुन। अनि सुन्दा अचम्म लाग्न सक्छ उनले हरेक दिन जसो यस ब्रमाहण्डको उत्पत्ति, क्‍वान्टम फिजिक्स र गणितको बारेमा लेक्चर दिइरहेका हुन्छन् र अन्तरिक्ष विज्ञान, डार्क म्याटर सम्बन्धि खोज अनुसन्धानमा सक्रिय भइरहेका हुन्छन्। एउटा शारीरिक रूपले तन्दुरूस्त व्यक्तिले पनि गर्न नसक्ने काम उनले कसरी गरिरहेका छन् त यो सबैका लागि कौतुहलताको विषय हुन सक्छ। को हुन त स्टेफन हकिङ  स्टेफन विलियम हकिङ को जन्म दोस्रो विश्वयुद्ध ताका ८ जनवरी १९४२ मा इङ्ल्याण्डको अक्सफोर्डमा भएको थियो । उनका पिता फ्र्याङ्क हकिङ र माता इसावेल हकिङ हुन । हकिङ आठ वर्षको हुँदा उनका मातापिताको कामको सिलसिलामा सेन्ट अल्वान्समा बसाइ सरे र त्यहीवाट हकिङको विद्यालय शिक्षा प्रारम्भ भयो । उनी १३ वर्षको हुँदा उनका वुवाले उनलाई राम्रो मानिएको वेस्टमिनिस्टर स्कुलमा पढाउन चाहन्थे तर छात्रवृत्तिको परीक्षाको दिन उनी बिराम

नेपालमा विद्यालय शिक्षा र अनलाईन शिक्षण

विश्वमा कोरोनाको महामारी फैलिएसँगै सबै तिर विद्यालयहरू बन्द छन् । कक्षा १०, ११ र १२ का बोर्ड परीक्षा पनि स्थगित गरिएको छ । चैत महिनाको ५ गते सबै परीक्षा सकाएर बसेका विद्यार्थीहरू घरमै छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहदा विद्यालय कहिले खुल्ने हो भन्‍ने अत्तोपत्तो छैन । यसैबीच विकसित देशहरूमा जस्तै नेपालमा पनि अनलाईन शिक्षणको पक्ष र विपक्षमा बहस चर्किरहेको छ ।  विद्यार्थीहरु खालि बसेकोसमयमा केही न केही कुरामा उनीहरूलाई व्यस्त राख्‍न र बोर्ड परीक्षा दिने विद्यार्थीहरूलाई विषयवस्तुको पुनर्ताजगीको लागि अनलाईनबाट गरिने शिक्षण राम्रो हुन्छ । यो कुरा गरिरहदा ‘नेपालमा कति विद्यार्थी सँग ल्यापटप, कम्प्युटर र स्मार्ट फोन उपलब्ध छ ?  उपलब्ध भएकामा द्रुत गतिको इन्टरनेटको पँहुच  कति सँग छ ? पढ्दा पढ्दै लाईन गए के हुन्छ ?’  जस्ता प्रश्‍नहरू उठ्ने गरेका छन् । यसै गरी यस भन्दा अघि विद्यार्थीले मोबाईल फोन विद्यालयमा ल्याउदा उनिहरूलाई कार्बाही गर्ने, शैक्षिक सत्र पूरा नहुन्जेल मोबाईल  विद्यालयमा नै राखिदिने वा अभिभावक बोलाएर आइन्दा छोराछोरीलाई मोवाइले नदिने मञ्जुरीनामा गराएर पठाउने हामीहरू

कानुनका स्रोतहरू

कानुन के हो ? समाजलाई मर्यादित र अनुशासित बनाउन चलिआएको रीतिरिवाज, प्रथा, परम्परा ,नीति  नियमहरूको समग्रतालाई कानुन भनिन्छ । कानुन राज्यको उद्देश्य हासिल गर्ने माध्यम हो । कानुन किन आवश्यक पर्छ ? समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न सभ्यताको विकास र संरक्षण गर्न सामाजिक न्याय दिलाउन समाजमा मर्यादा र अनुशासन कायम गराउन मानिसहरूबीच एकआपसमा मिलेर बस्ने वातावरण मिलाउन समाजलाई नियन्त्रण गरी निश्चित लक्ष्य हासिल गर्न कानुनका स्रोतहरू संविधान:-  संविधान देशको मूल कानुन हो । यस सँग बाझिएका कानुनहरू स्वत: अमान्य हुनेछन ्। व्यवस्थापिका संसद:- यसले संविधानले दिएको सीमा भित्र रही ऐन निर्मान गर्ने काम गर्छ। नजिर :- मुद्दा मामिलाहरूको रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्तिपादन गरेको कानुनी सिद्धान्त  नेपाल सरकारका तथा सबै अड्डा अदालतले मान्नु पर्ने हुन्छ। प्रथा:- पहिले देखि चलिआएका प्रथाहरू पनि सामाजिक रूपमा कानुन सरह नै हुने गर्दछन ्,। व्यवसायिकता वा प्राज्ञिक कथन:-  संप्रतिज्ञा:- दुई वा दुई भन्दा बढी राष्ट्रहरू बीच  आपसी कामकारबाहीलाई व्यवस्थित गर्न

Federalism in Nepal

According to Nepal's  constitution 2072 Himalayan Kingdom Nepal has been changed into a Federal Republic of Nepal. Although most of the political parties were agreed and signed the constitution, the country can sustain this political structure, the federalism. Is this appropriate for such a small nation ?  I am very doubtful in the success of the structure. In most of the countries where federalism has been adopted, these countries had been formed by merging various other small countries and federalism was necessary. And these country has large area so it is difficult to govern all the country from a place. Nepal is a undeveloped country, has not much capital to run such expensive political system. In running federalism.