सामाजिक सञ्जाल
सन् २००४ मा फेसबुक, २००५ मा युट्युव र २००६ मा ट्विटर स्थापना भए पछि सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढ्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । सुरुमा विदेशमा रहेका नेपालीहरु र त्यसपछि उनीहरूको सिको गर्दै स्वदेशमा बस्ने नेपालीहरुमा पनि सामाजिक सञ्जालहरूको प्रयोग बढ्दै गयो । हाल कुनै न कुनै रुपमा धेरै जसो नेपालीले सामाजिक सञ्जालको प्रयोग गर्दछन् । अहिले सामाजिक सञ्जालको प्रयोग यस्तो भइसक्यो कि बरू मानिस भोकै बस्न सक्छ तर सामाजिक सञ्जाल बिना बस्न सक्ने अवस्था छैन । यसले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ। सामाजिक संजाल बाट जनताहरूले आफ्ना विचार मुखरित गर्न पाएका छन् । यसबाट देशविदेशमा रहेका साथीभाई आफन्तहरुसँग जोडिन र उनीहरुसँग कुराकानी गर्न पाएका छन् । त्यस्तै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रवाह गर्न साथै सूचनालाई एकैपटक धेरै मानिसहरू सम्म पुर्याउन सजिलो भएको छ। तर सामाजिक सञ्जालमा प्रवाह गरिएका सूचनाहरू मध्ये नकारात्मक सूचना चाडो फैलिने, त्यसलाई नै मानिसहरूले चाडो विश्वाास गर्ने हुनाले यसबाट समाजलाई भड्काउने काम पनि भएको छ। जो म...