कानुन के हो ? समाजलाई मर्यादित र अनुशासित बनाउन चलिआएको रीतिरिवाज, प्रथा, परम्परा ,नीति नियमहरूको समग्रतालाई कानुन भनिन्छ । कानुन राज्यको उद्देश्य हासिल गर्ने माध्यम हो । कानुन किन आवश्यक पर्छ ? समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न सभ्यताको विकास र संरक्षण गर्न सामाजिक न्याय दिलाउन समाजमा मर्यादा र अनुशासन कायम गराउन मानिसहरूबीच एकआपसमा मिलेर बस्ने वातावरण मिलाउन समाजलाई नियन्त्रण गरी निश्चित लक्ष्य हासिल गर्न कानुनका स्रोतहरू संविधान:- संविधान देशको मूल कानुन हो । यस सँग बाझिएका कानुनहरू स्वत: अमान्य हुनेछन ्। व्यवस्थापिका संसद:- यसले संविधानले दिएको सीमा भित्र रही ऐन निर्मान गर्ने काम गर्छ। नजिर :- मुद्दा मामिलाहरूको रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्तिपादन गरेको कानुनी सिद्धान्त नेपाल सरकारका तथा सबै अड्डा अदालतले मान्नु पर्ने हुन्छ। प्रथा:- पहिले देखि चलिआएका प्रथाहरू पनि सामाजिक रूपमा कानुन सरह नै हुने गर्दछन ्,। व्यवसायिकता वा प्राज्ञिक कथन:- संप्रतिज्ञा:- दुई वा दुई भन्दा बढी राष्ट्रहरू बीच ...