दिगो विकासका सिद्धान्तहरू

 दिगो विकासमा “एउटै मात्र पृथ्वी संरक्षण गरौँ र बाचौँ ” भन्ने अन्तर्निहित महत्त्वपूर्ण पक्ष हो । दिगो विकास विना वातावरणको संरक्षण र संवर्द्धन गर्न नसकिने कुरा प्रस्ट छ। मानव नै प्रत्येक विकास निर्माणका क्रियाकलापको केन्द्रबिन्दु हो । दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको हुनु पर्दछ। दिगो विकास निश्चित सैद्धान्तिक मान्यता रहेर विकास गतिविधि बढाउँदै लैजानुपर्छ भन्ने मान्यता अघि सार्दछ। सन् १९९२ ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलने अघि सारेका दिगो विकासका सिद्धान्त मध्ये मुख्य सिद्धान्तहरू यस प्रकार रहेका छन् ।

१.अन्तर पुस्ता सम न्यायको सिद्धान्त : वर्तमान र भावी पुस्ताको आवश्यकतालाई दृष्टिगत गरी समतामूलक रूपमा विकास गर्नुपर्छ । भावी सन्ततिको नैसर्गिक एवं मौलिक अधिकारको सम्मान गर्नुपर्छ ।

२.जैविक विविधता र प्राकृतिक श्रोत साधनको संरक्षणको सिद्धान्त : जीवन चक्र / परिस्थिति चक्रको निरन्तरता, जैविक जगतको नैसर्गिक अधिकारको अक्षुण्णताक, आनुवंशिक मौलिक विशेषताको संरक्षण र साधन स्रोत निर्माण एवं पूर्णउपयोगमा जोड दिन्छ । उपभोगवादी संस्कार निरुत्साहित गर्दछ ।

३.समतामूलक अधिकारको सिद्धान्त : सन्तुलित विकास, विकास प्रक्रियामा मात्र नभई नागरिकको अधिकारको रूपमा न्यायोचित वितरणको व्यवस्था एवं लैगिक मूलप्रवाहीकरण एवम् सशक्तीकरणमा जोड दिन्छ ।

४.मानव केन्द्रित सिद्धान्त : दिगो विकासले मानव प्राणीलाई केन्द्र विन्दुमा राख्दछ । प्रकृतिसँग  हार्मोनी कायम गरी उत्पादनशील र स्वस्थ जीवनको माग गर्दछ ।

५.स्थानीय स्वायत्त शासनको सिद्धान्त : स्थानीय ज्ञान सीप र साधन स्रोतको उपयोग, स्थानीय चाहना एवं माग बमोजिम विकास, स्थानीय स्तरमा सशक्तीकरण एवं आत्म निर्भरता र विकेन्द्रित एवं सहभागितामूलक व्यवस्थापन माग गर्दछ ।

६.गुणस्तरीय जीवन प्राप्तिको सिद्धान्त : उचित जनसाङ्ख्यिक नीति प्रवर्द्धन गर्दै राज्यले दिगो विकासका लागि क्षणिक खालको उत्पादन र उपभोग ढाँचालाई निरुत्साहित उच्च गुणस्तरीय जीवन प्राप्तिको सुनिश्चितता गर्नुपर्दछ ।

७.सहभागिताको सिद्धान्त : वातावरणीय मुद्दाको उचित तरिकाले सम्बोधन गर्नका लागि सरोकारवाला आम सहभागितामा आधारित रहेर गरिनु पर्छ । उनीहरूलाई निर्णय पक्रिया सार्थक र अर्थपूर्ण सहभागिता जुटाउनु पर्छ ।

८.पूर्वसावधानीको सिद्धान्त : विकास प्रक्रिया अगाडी बढाउँदा सम्भाव्यता अध्ययन, नकारात्मक प्रभाव हटाउनका लागी निरोधात्मक उपायहरू, धान्न सक्ने क्षमताको आकलन एवं प्रभाव मूल्याङ्कन तथा वातावरणीय प्रभाव न्यूनीकरण उपायहरू ध्यान दिनुपर्छ ।

९.प्रदूषणको नियन्त्रणको सिद्धान्त : प्रदूषकले तिर्नुपर्ने, दण्डात्मक उपाय, कर शुल्क जरिवाना, सार्वजनिक सरोकारको विषयमा यथोचित ध्यान दिने र प्रदूषणको कारक तत्त्वहरूको विश्लेषण आदिमा ध्यान दिनुपर्नेमा जोड दिने ।


Comments

  1. Caesars welcomes casino guests for first time - JT Hub
    Casino guests can 대전광역 출장샵 enjoy 울산광역 출장샵 the Caesars Entertainment property's first 김해 출장마사지 live-action version of the show. (LAT) - Caesars Entertainment 경주 출장샵 announced 서귀포 출장안마 that

    ReplyDelete
  2. It differs from one on-line on line casino in South Korea to the next, and it is determined by} your gaming preferences. Check out our in-depth evaluations of one of the best on-line casinos in South Korea search out|to search out} the right platform for you and your price range. 코인카지노 18+ | T&C's Apply | Gamble Responsibly and solely wager money you could afford to lose.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell