कानुनका स्रोतहरू

कानुन के हो ?
समाजलाई मर्यादित र अनुशासित बनाउन चलिआएको रीतिरिवाज, प्रथा, परम्परा ,नीति  नियमहरूको समग्रतालाई कानुन भनिन्छ । कानुन राज्यको उद्देश्य हासिल गर्ने माध्यम हो ।

कानुन किन आवश्यक पर्छ ?

  • समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न
  • सभ्यताको विकास र संरक्षण गर्न
  • सामाजिक न्याय दिलाउन
  • समाजमा मर्यादा र अनुशासन कायम गराउन
  • मानिसहरूबीच एकआपसमा मिलेर बस्ने वातावरण मिलाउन
  • समाजलाई नियन्त्रण गरी निश्चित लक्ष्य हासिल गर्न

कानुनका स्रोतहरू
  • संविधान:-  संविधान देशको मूल कानुन हो । यस सँग बाझिएका कानुनहरू स्वत: अमान्य हुनेछन ्।
  • व्यवस्थापिका संसद:- यसले संविधानले दिएको सीमा भित्र रही ऐन निर्मान गर्ने काम गर्छ।
  • नजिर :- मुद्दा मामिलाहरूको रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्तिपादन गरेको कानुनी सिद्धान्त  नेपाल सरकारका तथा सबै अड्डा अदालतले मान्नु पर्ने हुन्छ।
  • प्रथा:- पहिले देखि चलिआएका प्रथाहरू पनि सामाजिक रूपमा कानुन सरह नै हुने गर्दछन ्,।
  • व्यवसायिकता वा प्राज्ञिक कथन:- 
  • संप्रतिज्ञा:- दुई वा दुई भन्दा बढी राष्ट्रहरू बीच  आपसी कामकारबाहीलाई व्यवस्थित गर्न दुवैले समानरूपमा पालना गर्न स्वीकार  गरिएको सन्धि-सम्झौताहरू कानुन सरह हुने गर्दछन्।
नेपालमा कानुन (ऐन) निर्माण कसरी हुन्छ?
  • सैद्धान्तिक सहमति (कानुन मन्त्रालय, अर्थ मन्त्रालय र मन्त्रिपरिषद सँग)
  • विधेयकको मस्यौदा ( सम्बन्धित मन्त्रालय- कानुन मन्त्रालय)
  • विधेयक मन्त्रिपरिषदमा पेश  (मन्त्रिपरिषद को स्वीकृति पछि सम्बन्धित मन्त्रालययले कानुन मन्त्रालय मार्फत संसदमा पेश गर्ने)
  • संसदमा पेश (स्वीकृत/अस्वीकृत)
  • विधेयकको प्रमाणिकरण (स्वीकृत भएको विधेयक सभामुखले प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिबाट प्रमाणित )
  • राजपत्रमा प्रकाशन

Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell