दिगो विकासका सिद्धान्तहरू
दिगो विकासमा “एउटै मात्र पृथ्वी संरक्षण गरौँ र बाचौँ ” भन्ने अन्तर्निहित महत्त्वपूर्ण पक्ष हो । दिगो विकास विना वातावरणको संरक्षण र संवर्द्धन गर्न नसकिने कुरा प्रस्ट छ। मानव नै प्रत्येक विकास निर्माणका क्रियाकलापको केन्द्रबिन्दु हो । दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको हुनु पर्दछ। दिगो विकास निश्चित सैद्धान्तिक मान्यता रहेर विकास गतिविधि बढाउँदै लैजानुपर्छ भन्ने मान्यता अघि सार्दछ। सन् १९९२ ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलने अघि सारेका दिगो विकासका सिद्धान्त मध्ये मुख्य सिद्धान्तहरू यस प्रकार रहेका छन् । १.अन्तर पुस्ता सम न्यायको सिद्धान्त : वर्तमान र भावी पुस्ताको आवश्यकतालाई दृष्टिगत गरी समतामूलक रूपमा विकास गर्नुपर्छ । भावी सन्ततिको नैसर्गिक एवं मौलिक अधिकारको सम्मान गर्नुपर्छ । २.जैविक विविधता र प्राकृतिक श्रोत साधनको संरक्षणको सिद्धान्त : जीवन चक्र / परिस्थिति चक्रको निरन्तरता, जैविक जगतको नैसर्गिक अधिकारको अक्षुण्णताक, आनुवंशिक मौलिक विशेषताको संरक्षण र साधन स्रोत निर्माण एवं पूर्णउपयोगमा जोड दिन्छ । उपभोगवादी संस्कार निरुत्साहित गर्दछ । ३.समतामूलक...
Comments
Post a Comment