नेपालमा विद्यालय शिक्षा र अनलाईन शिक्षण

विश्वमा कोरोनाको महामारी फैलिएसँगै सबै तिर विद्यालयहरू बन्द छन् । कक्षा १०, ११ र १२ का बोर्ड परीक्षा पनि स्थगित गरिएको छ । चैत महिनाको ५ गते सबै परीक्षा सकाएर बसेका विद्यार्थीहरू घरमै छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहदा विद्यालय कहिले खुल्ने हो भन्‍ने अत्तोपत्तो छैन । यसैबीच विकसित देशहरूमा जस्तै नेपालमा पनि अनलाईन शिक्षणको पक्ष र विपक्षमा बहस चर्किरहेको छ । 

विद्यार्थीहरु खालि बसेकोसमयमा केही न केही कुरामा उनीहरूलाई व्यस्त राख्‍न र बोर्ड परीक्षा दिने विद्यार्थीहरूलाई विषयवस्तुको पुनर्ताजगीको लागि अनलाईनबाट गरिने शिक्षण राम्रो हुन्छ । यो कुरा गरिरहदा ‘नेपालमा कति विद्यार्थी सँग ल्यापटप, कम्प्युटर र स्मार्ट फोन उपलब्ध छ ?  उपलब्ध भएकामा द्रुत गतिको इन्टरनेटको पँहुच  कति सँग छ ? पढ्दा पढ्दै लाईन गए के हुन्छ ?’  जस्ता प्रश्‍नहरू उठ्ने गरेका छन् ।

यसै गरी यस भन्दा अघि विद्यार्थीले मोबाईल फोन विद्यालयमा ल्याउदा उनिहरूलाई कार्बाही गर्ने, शैक्षिक सत्र पूरा नहुन्जेल मोबाईल  विद्यालयमा नै राखिदिने वा अभिभावक बोलाएर आइन्दा छोराछोरीलाई मोवाइले नदिने मञ्जुरीनामा गराएर पठाउने हामीहरूले नै आजकाल त्यहि मोबाइलको प्रयोग गरी पढाउछु भन्‍नु कति उचित होला । 

नेपालमा अधिकांश परिवारमा अभिभावक भन्दा विद्यार्थीहरू प्रविधि साक्षर छन् । अभिभावक बालबालिकाका इन्टरनेट गतिविधि जाँच्‍न र निगरानी गर्न सक्षम छैनन्  । यसले गर्दा अनलाईन कक्षाको नाम निर्बाधरूपमा मोबाइल र इन्टरनेटको सुबिधा दिँदा कुलतमा फस्‍ने सम्भावना पनि हुन्छ । फेसबुकको बढ्दो प्रयोगले बालविवाह बढाएको तथ्याङ्क नै यसको प्रमाण हो ।

नेपालको सन्दर्भमा थोरै  विद्यार्थीहरूमात्र भित्र देखि नै जागरूक भएर पढ्ने गर्छन्, बाँकी अभिभावक  र शिक्षकको दवाबमा पढ्ने गर्छन् । यस्ता विद्यार्थीको लागि अनलाईन शिक्षा उपलब्धी  शुन्य  फेसन मात्रै हो । त्यस्तै जति मुद्रित शैक्षिक सामाग्रिहरू अध्ययनको लागि उपयुक्त हुन्छ, स्क्रिनमा हुँदैन । 


यसरी नेपालको सन्दर्भमा अनलाइन शिक्षा विद्यालय तहका बालबालिकाको होइन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि मात्र  उपयुक्त देखिन्छ। बरू यो समयमा शिक्षकहरूले विभिन्‍न ज्ञान तथा सीप आर्जन गरी शिक्षण कौशलता बढाउनु राम्रो हुनेछ।

Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell