वातावरण र विकास

ब्रम्हाण्डमा रहेका जैविक,  भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूको समग्र अन्तरक्रियात्मक सम्बन्धबाट उब्जिएको परिवेशलाई वातावरण भनिन्छ ।  हावा,   पानी,   जमिन,  खनिज पदार्थ,   वनजंगल,  पशुपंक्षी आदि वातावरणका तत्वहरु हुन् ।  यी तत्वहरू मध्ये कुनै एकमा असर पुग्दा समग्र वातावरणमा असर पुग्छ ।

विकास भनेको सकारात्मक परिवर्तन हो । मानवीय आवश्यकताका हरेक आधारभूत पक्षहरुमा  गुणात्मक परिवर्तन गरी जीवनस्तरलाई सरल तथा सुगम बनाउनु नै विकास हो ।  भोजन, बसोबास,  लत्ता कपडा लगायत शिक्षा , स्वास्थ्य,  सञ्चार, यातायात आदि मानिसका आधारभुत आवश्यकताहरु हुन् ।  यी आवश्यकताहरू पूरा गर्न मानिस पूर्णरूपमा प्राकृतिक स्रोत र साधनमाथि निर्भर रहेको छ ।

वातावरण र विकास एकआपसमा अन्तर्सम्बन्धित छन् । सन्तुलित विकास विना  वातावरण संरक्षण हुँदैन भने वातावरण संरक्षण नभए विकासको आन्तरिक पक्षको खलबलिन पुगी विकास दिगो रहँदैन ।  नेपालमा विकास निर्माण गर्दा वातावरणीय पक्षलाई उपेक्षा गर्दै आइएको छ । जसका कारणले जनजीवनमा गम्भीर असर देखिन थालेको छ भने विकास निर्माणको लागत पनि बढ्दै गएको छ । जैविक विविधताको विनाश,  भू-क्षय,  बाढी,  पहिरो,  जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप पनि बढ्दै गएका छन् । 

यसरी विकास निर्माण कार्य गर्दा वातावरणीय पक्षलाई ध्यानमा राखेर गरेमा वातावरण संरक्षण हुन्छ विकास  पनि दिगो रहन्छ । यसकोलागि प्राकृतिक साधनहरूको व्यवस्थित उपयोग,  जनसंख्या व्यवस्थापन,  वातावरणीय शिक्षा तथा जनचेतना वृद्धि जस्ता पक्षहरुलाई ध्यान दिनुपर्छ ।


Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell