सामाजिक सञ्जाल

सन् २००४ मा फेसबुक, २००५ मा युट्युव र २००६ मा ट्विटर स्थापना भए पछि सामाजिक सञ्‍जालको प्रयोग ह्वात्तै बढ्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । सुरुमा विदेशमा रहेका नेपालीहरु र त्यसपछि उनीहरूको सिको गर्दै स्वदेशमा बस्ने नेपालीहरुमा पनि सामाजिक सञ्जालहरूको प्रयोग बढ्दै गयो । हाल कुनै न कुनै रुपमा धेरै जसो नेपालीले सामाजिक सञ्‍जालको प्रयोग गर्दछन् । अहिले सामाजिक सञ्‍जालको प्रयोग यस्तो भइसक्यो कि बरू मानिस भोकै बस्‍न सक्छ तर सामाजिक सञ्‍जाल बिना बस्‍न सक्ने अवस्था छैन । यसले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ। 

सामाजिक संजाल बाट जनताहरूले आफ्ना विचार मुखरित गर्न पाएका छन् । यसबाट देशविदेशमा रहेका साथीभाई आफन्तहरुसँग जोडिन र उनीहरुसँग कुराकानी गर्न पाएका छन् । त्यस्तै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रवाह गर्न साथै सूचनालाई एकैपटक धेरै मानिसहरू सम्म पुर्‍याउन सजिलो भएको छ। 

तर सामाजिक सञ्‍जालमा प्रवाह गरिएका सूचनाहरू मध्ये नकारात्मक सूचना चाडो फैलिने, त्यसलाई नै मानिसहरूले चाडो विश्वाास गर्ने हुनाले यसबाट समाजलाई भड्काउने काम पनि भएको छ। जो मानिस सामाजिक सञ्‍जालमा बढी समय विताउछ, त्यसको मानसिकता पनि नकारात्मक हुने र हरेक कुरालाई नकारात्मक तरीकाले बुझ्ने गरेको धेरै अध्ययन हरूले देखाएका छन् । यस्तै गरी बालबालिकाहरूको लागि त सामाजिक सञ्जाल घातक सिद्ध हुँदै गएको छ। यसको प्रयोग गरी विभिन्‍न ठगीका घटनाहरू, आपराधिक घटनाहरू, जातिय द्वेष, विखण्डन बढाउदै लाने काम पनि भएका छन् । किशोरीहरूमा यौन दुर्व्यवहार, वाल विवाह बढ्दै जाने कारक तत्वमा एउटा समाजिक सञ्जाल पनि हो । यसको प्रयोग बढ्दै जाँदा मानिसले कुनै पनि विषयवस्तुको गहिरो अध्ययन नगरी जुन कुनै सूचनालाई विश्वास गर्ने र त्यस प्रति धारणा बनाउने प्रवृत्ति बढ्दै गएको छ । सामाजिक सञ्‍जाल धेरै प्रयोग गर्ने व।यक्तिमा विभिन्‍न मानसिक समस्याहरू पनि देखा पर्न थालेका छन् । यसरी समाजिक सञ्जालले भविष्यमा मानवको अस्तित्व नै संकटमा पार्ने त होइन भन्‍ने प्रश्न पनि उब्जिन थालको छ।

Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell