दिगो विकास

 दिगो विकास भन्नाले धान्न सकिने र टिकाउपूर्ण विकास भन्ने वुझिन्छ । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुस्परिणाम र भविष्यका सन्ततिहरूलाई जिउने अधिकारको हनन् नहुने गरी विकासको फल वर्तमान सन्ततिले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो । त्यसैले वातावरण र विकासबिच सन्तुलन नै दिगो विकास भनिएको हो । विकास लाभ र गतिबाट प्राप्त प्रतिफललाई वर्तमानका पुस्तामा मात्र सीमित नगरी भविष्यका पिँढीलाई समेत सुनिश्चितता प्रदान गरिने विकासको अवधारणा दिगो विकास हो । यसले अन्तरपुस्ता समता कायम रहनुपर्ने मान्यतालाई स्वीकार गर्दै आत्मसाथ गर्नुपर्ने जोड दिन्छ । विकास र वातावरणबिचमा सन्तुलन र संयोजन गर्दै भावी सन्ततीको स्वच्छ वातावरण र सन्तुलित अर्थतन्त्रमा बाँच्ने मौलिक हक सुनिश्चितता गर्दै अहिलेको पुस्ताको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने मान्यताको वकालत गर्दछ ।


‘हाम्रो साझा भविष्य’ प्रतिवेदन १९८७ का अनुसार “ भविष्यका पिँढीहरूको आवश्यकता पूरा गर्न सक्ने क्षमतामा कुनै सम्झौता नगर्दै वर्तमान अवस्थाका पिँढीको आवश्यकता पूरा गर्नुलाई दिगो विकास भनिन्छ ।” 

रोवर्ट एलनका अनुसार “ दिगो विकास त्यस्तो विकास हो जसले मानव जीवनको गुणस्तर सुधार गर्नुका साथै मानव समुदायलाई उसका आवश्यकताहरू पूरा गरेर उच्चतम सन्तुष्टिको  जीवन प्रदान गर्दछ ।” 


वुदाँगत रूपमा दिगो विकास भन्नाले  :-

  • भावी पिँढीको आवश्यकता पुरा गर्न वाधा नपर्ने गरी वर्तमानको आवश्यकता पुरा गर्ने विकास,

  • आफैमा धानिने र टिकाउपूर्ण विकास,

  • वातावरणको वर्तमान गुणस्तर वृद्धि गर्न र सो नभए कम्तीमा वातावरणप्रति तटस्थ रहने विकास,

  • पृथ्वी वहन गर्ने क्षमता खलल नपार्ने विकास,

  • भावी सन्ततिका मूल्य र मान्यता र प्राथमिकताको पूर्वानुमान वर्तमानमा नै गरिने विकास,

  • आर्थिक विकासबाट उच्चतम फाइदा लिने तर प्राकृतिक श्रोतको गुण भर पोषण गर्दै जाने विकास,


अत: भावी पुस्ताको बाँच्ने आधारलाई खलल नपुर्‍याई वर्तमानका आवश्यकतालाई उचित तरिकाले सम्बोधन गर्ने विकास दिगो विकास हो । कवि शिरोमणी लेखनाथ पौड्यालको चर्चित कविताको चर्चित हरफ “मै खाँउ मै लाउ सुख सयल,अरू सबै मरुन्” भन्ने जस्तो भावनाले कदापि दिगो विकास मान्यता अगाडी बढ्न सक्तैन। भविष्यका हाम्रा सन्ततिलाई सुन्दर र हराभरा पृथ्वी हस्तान्तरण गर्न दिगो विकास विकल्प छैन । 


Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell