वैकल्पिक सिकाई सहजिकरणको एउटा बाटो Google Workspace for Education

 २०२० देखि शुरूवात भएको  कोरोनाको विश्वव्यापी महामारी पछि कुनै पनि शैक्षिक संस्थाहरूमा भौतिक रूपमा शैक्षिक क्रियाकलापहरु सञ्‍चालन हुन सकेकन् । महामारीको पहिलो लहरको शुरुका १/२ महिना सबै अन्योलमा रहेको पाइयो । त्यस पछि विस्तारै ठूला शहरी क्षेत्रका विशेष हरी सँस्थागत विद्यालयहरूले विभिन्‍न प्लेटफर्महरूको प्रयोग गरी अनलाइनबाट पठनपाठन शुरु गरे । त्यसको सिको गर्दै अन्य क्षेत्रका सँस्थागत तथा केही सामुदायिक विद्यायलले पनि अनलाइन कक्षा शुरुवात गरे । त्यसको साथमा टेलिभिजनबाट, रेडियोबाट पनि कक्षाहरू प्रसारण भए । यि कुनै पनि साधनको राम्रो पँहुच नहुने क्षेत्रहरूमा टोल सिकाई पनि चल्यो । त्यसैगरि अलि ढिलो गरी फोनबाट सिकाई अर्थात CUG पाठशाला अवधारणा आयो र सरकारले तीन महिनाको लागि बजेट समेत व्यवस्थापन गर्‍यो । 

            यी माथिका सबै विकल्पहरू सिकाईको रूपमै चलिरहँदा मंसिर पछि विद्यालयहरू भौतिक रूपमा खुल्न थाले । पहिले शुरूवात गरेका विकल्पहरू सबैले चटक्कै विर्सियौं । चैत पछि फेरी दोस्रो लहर शुरू भयो । कसैले पनि अन्तिम परीक्षा सञ्चालन गर्न पाएनौं । अहिले फेरी धेरै जसो विद्याललयहरू कुनै न कुनै विकल्प प्रयोग गरिरहेकै छौं । सरकारले तीन महिनाको लागि मात्र भए पनि बजेट व्यवस्थापन गरेको कारणले अहिले CUG पाठशालाको प्रयोग अलि व्यापक भएको पाइएको छ । 

तर यहाँ अहिले शिक्षण सिकाईको एक विकल्प अनलाइन कक्षाको लागि अति उपयोगी हुने Google Workspace for Education को बारेमा चर्चा गर्न गइरहेको छु । 

                Google Workspace एउटा गुगलको ्क्लाउड सर्भिस हो, जसको प्रयोग गरेर कुनै सरकार, सँस्था, कम्पनी, विद्यालयले आफ्नो सँस्थाका सदस्यहरूको बीचमा सहकार्य गर्न सजिलो बनाउछ । व्यापारिक सँस्थाहरूको लागि यसको लागि त्यसका सदस्य र कर्मचारीहरूको आधारमा ठूलो रकम तिर्नु पर्छ तर विद्यालयको लागि भने यो निःशुल्क छ । विद्यालयले सरकारबाट मान्यता प्राप्त विद्यालय हो भन्‍ने प्रमाण पेश गरे पछि यसको सेवा प्राप्त गर्न सकिन्छ । 

                 यसको सेवा लिए पछि विद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको लागि name@domainname.edu.np फर्म्याटमा  युजर बनाउन सक्छ र त्यसैको आधारमा गुगलका विभिन्‍न एप्सहरूको जस्तै गुगल क्लासरुम, गुगल मिटको प्रयोगगरी अनलाइन कक्षाहरू सञ्चालन गर्न सकिन्छ । साथै  यसबाट विद्यालयले शिक्षक तथा विद्यार्थी सिकाई प्रक्रियामा कति र कसरी सहभागि भइरहेका छन् भन्‍ने कुराको निगरानी पनि राख्‍न सकिन्छ । 

यसो त गुगलका एप्सहरु यो सर्भिस नललिइकनै सित्तैमा प्रयोग गर्न सकिरहेका छौं । तर Google Workspace बाट यिनै एप्स प्रयोग गर्दा प्रिमियम सुविधाहरू प्रयोग गर्न सकिन्छ साथै अनलिमिटेड स्टोरेज पनि पाउन सकिन्छ जबकि सामान्य अवस्थामा १५ जिबी मात्र पाइन्छ । जस्तैः क्लासरुमबाट सधै एउटै लिङ्कबाट शिक्षक विद्यार्थी सिधै मिटको प्रयोग गरी कक्षामा सहभागी हुन सक्छन् तर  सामान्य प्रयोग कर्ताको लागि यो सुबिधा उपलब्ध छैन । 

गुगल क्लासरुम


गुगल मिट




Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell