वैकल्पिक सिकाई सहजिकरणको एउटा बाटो Google Workspace for Education

२०२० देखि शुरूवात भएको कोरोनाको विश्वव्यापी महामारी पछि कुनै पनि शैक्षिक संस्थाहरूमा भौतिक रूपमा शैक्षिक क्रियाकलापहरु सञ्चालन हुन सकेकन् । महामारीको पहिलो लहरको शुरुका १/२ महिना सबै अन्योलमा रहेको पाइयो । त्यस पछि विस्तारै ठूला शहरी क्षेत्रका विशेष हरी सँस्थागत विद्यालयहरूले विभिन्न प्लेटफर्महरूको प्रयोग गरी अनलाइनबाट पठनपाठन शुरु गरे । त्यसको सिको गर्दै अन्य क्षेत्रका सँस्थागत तथा केही सामुदायिक विद्यायलले पनि अनलाइन कक्षा शुरुवात गरे । त्यसको साथमा टेलिभिजनबाट, रेडियोबाट पनि कक्षाहरू प्रसारण भए । यि कुनै पनि साधनको राम्रो पँहुच नहुने क्षेत्रहरूमा टोल सिकाई पनि चल्यो । त्यसैगरि अलि ढिलो गरी फोनबाट सिकाई अर्थात CUG पाठशाला अवधारणा आयो र सरकारले तीन महिनाको लागि बजेट समेत व्यवस्थापन गर्यो । यी माथिका सबै विकल्पहरू सिकाईको रूपमै चलिरहँदा मंसिर पछि विद्यालयहरू भौतिक रूपमा खुल्न थाले । पहिले शुरूवात गरेका विकल्पहरू सबैले चटक्कै विर्सियौं । चैत पछि फेरी दोस्रो लहर शुरू भयो । कसैले पनि अन्तिम परीक्षा सञ्चालन गर्...