Posts

वैकल्पिक सिकाई सहजिकरणको एउटा बाटो Google Workspace for Education

Image
 २०२० देखि शुरूवात भएको  कोरोनाको विश्वव्यापी महामारी पछि कुनै पनि शैक्षिक संस्थाहरूमा भौतिक रूपमा शैक्षिक क्रियाकलापहरु सञ्‍चालन हुन सकेकन् । महामारीको पहिलो लहरको शुरुका १/२ महिना सबै अन्योलमा रहेको पाइयो । त्यस पछि विस्तारै ठूला शहरी क्षेत्रका विशेष हरी सँस्थागत विद्यालयहरूले विभिन्‍न प्लेटफर्महरूको प्रयोग गरी अनलाइनबाट पठनपाठन शुरु गरे । त्यसको सिको गर्दै अन्य क्षेत्रका सँस्थागत तथा केही सामुदायिक विद्यायलले पनि अनलाइन कक्षा शुरुवात गरे । त्यसको साथमा टेलिभिजनबाट, रेडियोबाट पनि कक्षाहरू प्रसारण भए । यि कुनै पनि साधनको राम्रो पँहुच नहुने क्षेत्रहरूमा टोल सिकाई पनि चल्यो । त्यसैगरि अलि ढिलो गरी फोनबाट सिकाई अर्थात CUG पाठशाला अवधारणा आयो र सरकारले तीन महिनाको लागि बजेट समेत व्यवस्थापन गर्‍यो ।                 यी माथिका सबै विकल्पहरू सिकाईको रूपमै चलिरहँदा मंसिर पछि विद्यालयहरू भौतिक रूपमा खुल्न थाले । पहिले शुरूवात गरेका विकल्पहरू सबैले चटक्कै विर्सियौं । चैत पछि फेरी दोस्रो लहर शुरू भयो । कसैले पनि अन्तिम परीक्षा सञ्चालन गर्...

Convert one currency to another using Google sheet

Image
Google sheet is a web based application which allow user to create, manage, modify and share data live online. It is similar to Microsoft excel. It can be used online and offline ( offline used only with Google chrome with limited functionality). Here I am going to explain how to convert  one currency to another on real time. Open Google Sheet  https://docs.google.com/spreadsheets  and login with your google account. Create some data similar to the image below or  as your requirement. Type formula  = GOOGLEFINANCE ( "Currency:USDNPR" ) * C3 Where C3 is reference cell whose currency data has to be convert, USD is Source currency Code, INR is target currency code) . Here I am going to convert USD to Indian Rupees INR. Now press Enter. You will see Converted value. 

दिगो विकासको उद्देश्य तथा महत्त्व

  दिगो विकासका उद्देश्यहरू दिगो विकासको अवधारणाले आर्थिक तथा सामाजिक विकासको निम्ति परिचालन गरिने श्रोत र साधनको विवेक सङ्गत परिचालन एवं पहुँच योग्य प्रयोग मार्फत मानवीय विकासका प्रयासहरूलाई प्रवर्द्धन गदै वातावरणीय पक्षलाई विशेष ध्यान पुर्‍याउँदै उच्चस्तरीय गुणस्तरीय जीवन प्राप्त गर्ने उद्देश्य बोकेको हुन्छ।यसका उद्देश्यहरू विकास राजनैतिक रूपमा जनतालाई सशक्तीकरण,आर्थिक वृद्धि हासिल गर्ने, सामाजिकरुपले समता कायम गर्ने र सांस्कृतिक रूपले एकीकरण मा जोड दिन्छ ।यसका उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। १. वातावरणको प्रभावकारी संरक्षण र संवर्द्धन गर्नु ।, २. प्राकृतिक स्रोतसाधनको विवेकसंगत एवं सावधानीपूर्ण उपयोग गराउन । ३. उच्च दिगो र फराकिलो आर्थिक वृद्धि गर्नु । ४. समतामूलक समाजको स्थापना गर्न । ५. वातावरणीय न्याय प्रवर्द्धन गर्न । ६. मानवीय विकासका पक्षहरूको सबलीकरण गर्न। ७. स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्रतिफलको न्यायोचित वितरण गर्न। दिगो विकासको महत्त्व एवं सान्दर्भिकता औद्योगिकीकरण द्रुत गतिले हुनु, विकसित राष्ट्रको शक्ति प्रदर्शनको होडबाजीको क्रममा वि...

दिगो विकासका सिद्धान्तहरू

  दिगो विकासमा “एउटै मात्र पृथ्वी संरक्षण गरौँ र बाचौँ ” भन्ने अन्तर्निहित महत्त्वपूर्ण पक्ष हो । दिगो विकास विना वातावरणको संरक्षण र संवर्द्धन गर्न नसकिने कुरा प्रस्ट छ। मानव नै प्रत्येक विकास निर्माणका क्रियाकलापको केन्द्रबिन्दु हो । दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको हुनु पर्दछ। दिगो विकास निश्चित सैद्धान्तिक मान्यता रहेर विकास गतिविधि बढाउँदै लैजानुपर्छ भन्ने मान्यता अघि सार्दछ। सन् १९९२ ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलने अघि सारेका दिगो विकासका सिद्धान्त मध्ये मुख्य सिद्धान्तहरू यस प्रकार रहेका छन् । १.अन्तर पुस्ता सम न्यायको सिद्धान्त : वर्तमान र भावी पुस्ताको आवश्यकतालाई दृष्टिगत गरी समतामूलक रूपमा विकास गर्नुपर्छ । भावी सन्ततिको नैसर्गिक एवं मौलिक अधिकारको सम्मान गर्नुपर्छ । २.जैविक विविधता र प्राकृतिक श्रोत साधनको संरक्षणको सिद्धान्त : जीवन चक्र / परिस्थिति चक्रको निरन्तरता, जैविक जगतको नैसर्गिक अधिकारको अक्षुण्णताक, आनुवंशिक मौलिक विशेषताको संरक्षण र साधन स्रोत निर्माण एवं पूर्णउपयोगमा जोड दिन्छ । उपभोगवादी संस्कार निरुत्साहित गर्दछ । ३.समतामूलक...

दिगो विकास

  दिगो विकास भन्नाले धान्न सकिने र टिकाउपूर्ण विकास भन्ने वुझिन्छ । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुस्परिणाम र भविष्यका सन्ततिहरूलाई जिउने अधिकारको हनन् नहुने गरी विकासको फल वर्तमान सन्ततिले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो । त्यसैले वातावरण र विकासबिच सन्तुलन नै दिगो विकास भनिएको हो । विकास लाभ र गतिबाट प्राप्त प्रतिफललाई वर्तमानका पुस्तामा मात्र सीमित नगरी भविष्यका पिँढीलाई समेत सुनिश्चितता प्रदान गरिने विकासको अवधारणा दिगो विकास हो । यसले अन्तरपुस्ता समता कायम रहनुपर्ने मान्यतालाई स्वीकार गर्दै आत्मसाथ गर्नुपर्ने जोड दिन्छ । विकास र वातावरणबिचमा सन्तुलन र संयोजन गर्दै भावी सन्ततीको स्वच्छ वातावरण र सन्तुलित अर्थतन्त्रमा बाँच्ने मौलिक हक सुनिश्चितता गर्दै अहिलेको पुस्ताको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने मान्यताको वकालत गर्दछ । ‘हाम्रो साझा भविष्य’ प्रतिवेदन १९८७ का अनुसार “ भविष्यका पिँढीहरूको आवश्यकता पूरा गर्न सक्ने क्षमतामा कुनै सम्झौता नगर्दै वर्तमान अवस्थाका पिँढीको आवश्यकता पूरा गर्नुलाई दिगो विकास भनिन्छ ।”  रो...

वातावरण र विकास

ब्रम्हाण्डमा रहेका जैविक,  भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूको समग्र अन्तरक्रियात्मक सम्बन्धबाट उब्जिएको परिवेशलाई वातावरण भनिन्छ ।  हावा,   पानी,   जमिन,  खनिज पदार्थ,   वनजंगल,  पशुपंक्षी आदि वातावरणका तत्वहरु हुन् ।  यी तत्वहरू मध्ये कुनै एकमा असर पुग्दा समग्र वातावरणमा असर पुग्छ । विकास भनेको सकारात्मक परिवर्तन हो । मानवीय आवश्यकताका हरेक आधारभूत पक्षहरुमा  गुणात्मक परिवर्तन गरी जीवनस्तरलाई सरल तथा सुगम बनाउनु नै विकास हो ।  भोजन, बसोबास,  लत्ता कपडा लगायत शिक्षा , स्वास्थ्य,  सञ्चार, यातायात आदि मानिसका आधारभुत आवश्यकताहरु हुन् ।  यी आवश्यकताहरू पूरा गर्न मानिस पूर्णरूपमा प्राकृतिक स्रोत र साधनमाथि निर्भर रहेको छ । वातावरण र विकास एकआपसमा अन्तर्सम्बन्धित छन् । सन्तुलित विकास विना  वातावरण संरक्षण हुँदैन भने वातावरण संरक्षण नभए विकासको आन्तरिक पक्षको खलबलिन पुगी विकास दिगो रहँदैन ।  नेपालमा विकास निर्माण गर्दा वातावरणीय पक्षलाई उपेक्षा गर्दै आइएको छ । जसका कारणले जनजीवनमा गम्भीर असर देखिन थालेको छ भ...

Prepaid tarrif : NTC vs Ncell

Nepal Telecom is state owned company and Ncell is Axiata owned private company. Following table compares tariff rates of  NT  prepaid  GSM and Ncell.    NTC           Ncell    Sim Cost Rs. 90 (including 40 min voice, 20 sms and 60 MB data)    Rs 99 ( including 40 min voice, 60 sms, and 20 MB data)   Normal Rate Voice call NT to NT Rs 1.89/min Voice call NT to other  Rs. 2.54/min Video call Rs. 2.54 per min Data Rs 1.26 per MB Voice call Ncell to Ncell Rs. 2.54/min Voice call Ncell to other  Rs. 2.54/min Video call Rs. 2.53 per min Data Rs 2.54 per MB   Close group Friends and family Rs 0.88/min (for 5 member)    My5  Rs. 1.26/min (for 5 member)   Pulse rate   15 second   10 second   Voice Packs  (Dial  *1415#)  Voice Packs (Dial *17118#)   Daily Pack   14 min @ Rs 12 60 min @ Rs 25  12 min @ Rs 12 22 min @ Rs 16    We...

चाणक्य नीति

उत्सवे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसंकटे राजद्वारे श्मशाने च यस्तिष्ठति सः बान्धव । अनुवादः उत्सव, संकटकाल, अकाल शत्रु आक्रमण, राजद्वार एवं शमशानमा जो साथ रहन्छ त्यो नै सच्चा मित्र हो ।   विद्या ददाति विनयं विनयाद्याति पात्रताम्  ।  पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् ।। अनुवादः विद्याले विनय दिन्छ, विनयले क्षमता, क्षमताले धन र धनबाट सुख प्राप्त हुन्छ । अति रूपेण वै सीता चातिगर्वेण रावणः । अतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत् ।। अनुवादः अति सुन्दर भएकाले सीताको हरण भयो, अति घमण्डी भएकाले रावण मारियो, अति दानी भएकाले बलि छलिए, त्यसैले अति सबै तिर बर्जित छ। उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम् । मौने च कलहो नास्ति नास्ति जागरितो भयं ।। अनुवादः उद्योग गरेमा दरिद्रता रहँदैन, जप गर्नाले  पाप रँहदैन  । मौन रहे झगडा हुँदैन र जागा (सचेत) रहे कुनै भय हुँदैन ।।

सामाजिक सञ्जाल

सन् २००४ मा फेसबुक, २००५ मा युट्युव र २००६ मा ट्विटर स्थापना भए पछि सामाजिक सञ्‍जालको प्रयोग ह्वात्तै बढ्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । सुरुमा विदेशमा रहेका नेपालीहरु र त्यसपछि उनीहरूको सिको गर्दै स्वदेशमा बस्ने नेपालीहरुमा पनि सामाजिक सञ्जालहरूको प्रयोग बढ्दै गयो । हाल कुनै न कुनै रुपमा धेरै जसो नेपालीले सामाजिक सञ्‍जालको प्रयोग गर्दछन् । अहिले सामाजिक सञ्‍जालको प्रयोग यस्तो भइसक्यो कि बरू मानिस भोकै बस्‍न सक्छ तर सामाजिक सञ्‍जाल बिना बस्‍न सक्ने अवस्था छैन । यसले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ।  सामाजिक संजाल बाट जनताहरूले आफ्ना विचार मुखरित गर्न पाएका छन् । यसबाट देशविदेशमा रहेका साथीभाई आफन्तहरुसँग जोडिन र उनीहरुसँग कुराकानी गर्न पाएका छन् । त्यस्तै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रवाह गर्न साथै सूचनालाई एकैपटक धेरै मानिसहरू सम्म पुर्‍याउन सजिलो भएको छ।  तर सामाजिक सञ्‍जालमा प्रवाह गरिएका सूचनाहरू मध्ये नकारात्मक सूचना चाडो फैलिने, त्यसलाई नै मानिसहरूले चाडो विश्वाास गर्ने हुनाले यसबाट समाजलाई भड्काउने काम पनि भएको छ। जो म...

Insert country flag inside google sheet's cell

Image
Google sheet is a web based application  which allow user to create, manage, modify and share data live online. It is similar to Microsoft excel. It can be used online and offline ( offline used only with Google chrome with limited functionality). Here i am going to explain how to insert country flag to Google sheet.  Open a google sheet  https://docs.google.com/spreadsheets  and log in with your Google account. Create data similar to the image below  Type formula '= IMAGE ( "https://www.countryflags.io/" & C2 & "/flat/64.png" )' on first cell of flag column. (where c2 is reference cell whose data is used as country code and then press enter) You will see flag's image inside cell. To display flags on all  cell drag the cell downwards.

स्टेफन हकिङ (Stephen Hawking)

Image
स्टेफन हकिङ नाम सुन्‍ने वित्तिकै सबैको मन मष्तिस्कमा एउटा ह्वील चियरमा बसेको, हात खुट्टा नचल्ने बोल्न पनि नसक्ने व्यक्तिको चित्र आइपुग्छ तर धेरैलाई थाहा नहुन सक्छ कि उनी यस समयका महान वैज्ञानिक साथै एउटा दार्शनिक पनि हुन। अनि सुन्दा अचम्म लाग्न सक्छ उनले हरेक दिन जसो यस ब्रमाहण्डको उत्पत्ति, क्‍वान्टम फिजिक्स र गणितको बारेमा लेक्चर दिइरहेका हुन्छन् र अन्तरिक्ष विज्ञान, डार्क म्याटर सम्बन्धि खोज अनुसन्धानमा सक्रिय भइरहेका हुन्छन्। एउटा शारीरिक रूपले तन्दुरूस्त व्यक्तिले पनि गर्न नसक्ने काम उनले कसरी गरिरहेका छन् त यो सबैका लागि कौतुहलताको विषय हुन सक्छ। को हुन त स्टेफन हकिङ  स्टेफन विलियम हकिङ को जन्म दोस्रो विश्वयुद्ध ताका ८ जनवरी १९४२ मा इङ्ल्याण्डको अक्सफोर्डमा भएको थियो । उनका पिता फ्र्याङ्क हकिङ र माता इसावेल हकिङ हुन । हकिङ आठ वर्षको हुँदा उनका मातापिताको कामको सिलसिलामा सेन्ट अल्वान्समा बसाइ सरे र त्यहीवाट हकिङको विद्यालय शिक्षा प्रारम्भ भयो । उनी १३ वर्षको हुँदा उनका वुवाले उनलाई राम्रो मानिएको वेस्टमिनिस्टर स्कुलमा पढाउन चाहन्थे तर छात्रवृत्तिको परीक्षाको दिन उनी ब...

नेपालमा विद्यालय शिक्षा र अनलाईन शिक्षण

विश्वमा कोरोनाको महामारी फैलिएसँगै सबै तिर विद्यालयहरू बन्द छन् । कक्षा १०, ११ र १२ का बोर्ड परीक्षा पनि स्थगित गरिएको छ । चैत महिनाको ५ गते सबै परीक्षा सकाएर बसेका विद्यार्थीहरू घरमै छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहदा विद्यालय कहिले खुल्ने हो भन्‍ने अत्तोपत्तो छैन । यसैबीच विकसित देशहरूमा जस्तै नेपालमा पनि अनलाईन शिक्षणको पक्ष र विपक्षमा बहस चर्किरहेको छ ।  विद्यार्थीहरु खालि बसेकोसमयमा केही न केही कुरामा उनीहरूलाई व्यस्त राख्‍न र बोर्ड परीक्षा दिने विद्यार्थीहरूलाई विषयवस्तुको पुनर्ताजगीको लागि अनलाईनबाट गरिने शिक्षण राम्रो हुन्छ । यो कुरा गरिरहदा ‘नेपालमा कति विद्यार्थी सँग ल्यापटप, कम्प्युटर र स्मार्ट फोन उपलब्ध छ ?  उपलब्ध भएकामा द्रुत गतिको इन्टरनेटको पँहुच  कति सँग छ ? पढ्दा पढ्दै लाईन गए के हुन्छ ?’  जस्ता प्रश्‍नहरू उठ्ने गरेका छन् । यसै गरी यस भन्दा अघि विद्यार्थीले मोबाईल फोन विद्यालयमा ल्याउदा उनिहरूलाई कार्बाही गर्ने, शैक्षिक सत्र पूरा नहुन्जेल मोबाईल  विद्यालयमा नै राखिदिने वा अभिभावक बोलाएर आइन्दा छोराछोरीलाई मोवाइले नदिने मञ्जुरीन...

कानुनका स्रोतहरू

कानुन के हो ? समाजलाई मर्यादित र अनुशासित बनाउन चलिआएको रीतिरिवाज, प्रथा, परम्परा ,नीति  नियमहरूको समग्रतालाई कानुन भनिन्छ । कानुन राज्यको उद्देश्य हासिल गर्ने माध्यम हो । कानुन किन आवश्यक पर्छ ? समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न सभ्यताको विकास र संरक्षण गर्न सामाजिक न्याय दिलाउन समाजमा मर्यादा र अनुशासन कायम गराउन मानिसहरूबीच एकआपसमा मिलेर बस्ने वातावरण मिलाउन समाजलाई नियन्त्रण गरी निश्चित लक्ष्य हासिल गर्न कानुनका स्रोतहरू संविधान:-  संविधान देशको मूल कानुन हो । यस सँग बाझिएका कानुनहरू स्वत: अमान्य हुनेछन ्। व्यवस्थापिका संसद:- यसले संविधानले दिएको सीमा भित्र रही ऐन निर्मान गर्ने काम गर्छ। नजिर :- मुद्दा मामिलाहरूको रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्तिपादन गरेको कानुनी सिद्धान्त  नेपाल सरकारका तथा सबै अड्डा अदालतले मान्नु पर्ने हुन्छ। प्रथा:- पहिले देखि चलिआएका प्रथाहरू पनि सामाजिक रूपमा कानुन सरह नै हुने गर्दछन ्,। व्यवसायिकता वा प्राज्ञिक कथन:-  संप्रतिज्ञा:- दुई वा दुई भन्दा बढी राष्ट्रहरू बीच  ...

Federalism in Nepal

According to Nepal's  constitution 2072 Himalayan Kingdom Nepal has been changed into a Federal Republic of Nepal. Although most of the political parties were agreed and signed the constitution, the country can sustain this political structure, the federalism. Is this appropriate for such a small nation ?  I am very doubtful in the success of the structure. In most of the countries where federalism has been adopted, these countries had been formed by merging various other small countries and federalism was necessary. And these country has large area so it is difficult to govern all the country from a place. Nepal is a undeveloped country, has not much capital to run such expensive political system. In running federalism. 

Easy way to make a webpage

Do you want to make your own website but you are not a IT professional, you don't have to worry. Now time has been changed , may companies like google, weebly, WordPress has made it possible. They provide facility to make blog along with lots of space. For examle, google provide 15 GB space for a user. Here are some steps by following anyone can make a blog and redirect using own custom domain name. 1. Log on  www.blogger.com 2. Sign in using your gmail account. Then you will see blogger home. 3. Click on "New Blog" left side then a screen will appear where you can enter your "Blogs title" and your desired blog's name. 4. Then you can choose theme of your blog and you can also upload custom theme. Now your blog is ready to post. 5. If you want to use custom domain like www.yourname.com instead of www.name.blogspot.com, you have to buy domain. In Nepal you can register .com.np domain for free. for this you have to visit  http://register.com.np/ ...